Sunday, June 29, 2025

२०८२ असार १५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२९ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह


२९ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ उपत्यकासहित २९ जिल्लामा बाढीमा मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाण्डौ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने नदी खोलाहरुमा आकश्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको पनि बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ ।

बाढीको जोखिम रहेका ठाउँहरुका पहाडी तथा चुरे क्षेत्रका भिरालो र पहिरोग्रस्त क्षेत्रका बस्तीहरू, नदी किनार तथा खोला आसपासका बस्तीहरू, मुख्य तथा सहायक सडकको यातायात, जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना र कृषि क्षेत्र तथा सिँचाइ प्रणालीमा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।