Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्नेः मन्त्री शर्मा


डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्नेः मन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छिन् ।

बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताएकी हुन् ।
आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई उचित दायराम ल्याउनुका साथै विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने उनको भनाइ छ ।

त्यस्तै साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको पनि उनले जानकारी दिईन् ।
मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिइन् ।