Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपति रनिङ शिल्डजेठको अन्तिममा काठमाडौंमा हुने


राष्ट्रपति रनिङ शिल्डजेठको अन्तिममा काठमाडौंमा हुने

काठमाडौं । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५ औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । प्रतियोगिताका लागि तयारी शुरु भएको राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले जनाएको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका खेल हुनेछन् । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङसिल्डलाई भव्य रूपमा आयोजना गर्न परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिनुभयाे ।

पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरु केन्द्र तहको राष्ट्रपति रनिङशिल्डमा सहभागी हुने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो । हरेक प्रदेशबाट ४९ छात्रा/४९ छात्र गरी सात प्रदेशबाट छ सय ८६ जना खेलाडी र १७ जना अफिसियल सहभागी हुने छन् ।

एथलेटिक्स र उसु दशरथ रङ्गशाला, कराते र तेक्वान्दो सातदोवाटो र कबड्डी लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छन् ।