Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनएसएल फुटबलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक


एनएसएल फुटबलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले खेल्ने भएका छन् ।

प्रतियोगिता दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । तेस्रो संस्करणमा काठमाण्डौ, ललितपुर, पोखरा, झापा, धनगढी, बुटवल र चितवन गरी ७ टोली छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ । एनएसएलको अक्सन भइसकेको छ ।