Tuesday, July 15, 2025

२०८२ असार ३१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रचण्डले भनेः किसानको चुलोमा आगो बाल्न नसकिने अवस्थामा मल र बिजुली कहाँ गयो ?


प्रचण्डले भनेः किसानको चुलोमा आगो बाल्न नसकिने अवस्थामा मल र बिजुली कहाँ गयो ?

काठमाडौं । नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै दाहालले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै सरकारले मलखाद उपलब्ध नगराएको बताएका हुन् ।

मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो। तर, असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन, अध्यक्ष दाहालको भनाइ थियो। हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै गर्न नसकेको तथ्य सार्वजनिक गर्दै प्रश्न गरे, ? आयात भएको भनिएको मल कहाँ गयो ?

दाहालले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने गरेको पक्षपात अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे । उनले उखु किसानको बक्यौता त अझै नदिएको, अनुदान समेत आधा घटाइएको विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिए । तराई–मधेशका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै उनले भने, ? धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ। ?

किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुरु गर्न, सिँचाइको उचित व्यवस्था मिलाउन र तत्काल राहत उपलब्ध गराउन दाहालले सरकारको ध्यानाकर्षण गराएका छन् ।