Thursday, July 17, 2025

२०८२ श्रावण २, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साफ यू–२० महिला च्याम्पियनसिपः नेपाल श्रीलंकासँग खेल्दै


साफ यू–२० महिला च्याम्पियनसिपः नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । यो श्रीलंकासँग लगातार खेल पनि हुनेछ । मंगलबार भएको खेलमा नेपाल ७–० ले विजयी भएको थियो ।

आजको खेल बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू– सातौं, आठौं, नवौं र दशौं खेलहरू अब बसुन्धरा स्पोट्र्स ग्राउन्डमा हुने भएका छन् । मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो ।

त्यही कारण बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो । नेपालकै खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो । प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंक भएको नेपाल दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।