Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउले फेरि नयाँ कीर्तिमान


सुनको भाउले फेरि नयाँ कीर्तिमान

काठमाडौं । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज एकै दिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति मङ्गलवार सुनको भाउ एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेकोमा हिजो घटेको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार २० रुपैयाँमा कायम भएको थियो ।