Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा क्यानडामा प्रतिनिधिमण्डल पठाउने निर्णय

क्यानडामा विश्व वातवारण सुविधाको ७औं सभा तथा बैठक...


अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा क्यानडामा प्रतिनिधिमण्डल पठाउने निर्णय

काठमाण्डौं । आगामी भदौ ५ गते देखि ९ गतेसम्म क्यानडामा आयोजना हुने विश्व वातवारण सुविधाको ७औं सभा तथा बैठकमा भाग लिन अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ ।


विभिन्न विषयलाई समेटेर आइतबार बसेको मन्त्रिपरिषद्को उक्त बैठकमा सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।


मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने तथा लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने मन्त्रिपरिषदले उल्लेख गरेको छ ।


मन्त्रिपरिषदको बसेको बैठकले आयोगको महिलातर्फ सदस्यमा लमजुङकी ढुंगानालाई नियुक्ती गर्ने निर्णय गरेको छ ।