Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक सोमबार ३३.३३ अंकले घट्यो


नेप्से परिसूचक सोमबार ३३.३३ अंकले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३३.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार १.२३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७०.०६ अंकमा ओर्लेको छ । सो दिन २३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २१ कम्पनीको घट्यो । ५५ हजार ७ सय १२ पटकको कारोबारमा १ करोड १४ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।