Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, शिक्षा स्वास्थ्यमा जोड दिन नगरवासीको सुझाव


कीर्तिपुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, शिक्षा स्वास्थ्यमा जोड दिन नगरवासीको सुझाव

काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगरवासीले खानेपानी,टेलिफोन, स्वास्थ्य, शिक्षा, बिकास निर्माणको कार्य गर्दा समन्वय गरी गर्न सुझाव दिएका छन् ।

नगरभित्र सञ्चालित नीजि बिद्यालयमा शुल्क मनपरी लिएको भन्दै नगरपालिकाले अभिभावकको भुमिका निभाउनु पर्ने कुरालाई जोड दिएका छन् ।

त्यस्तै, विकास निर्माणको कार्य मन्त्रालय बिच समन्वय नहुदाँ जनताले दुःख पाएको उपस्थित नगरवासीको भनाई रहेको थियो । ‘बिकास निर्माणको कार्यमा मन्त्रालयको समन्वय नभएकाले केहीले टेलिफोन, कहिले ढल, कहिले पानीको निहुँमा बाटो खन्दा बाटो बिग्रिएर आवत जावत गर्ने सवारीलाई गाह्रो भएको छ । त्यसमा नगरपालिकाले समन्वय गरी यो समस्याको समाधान गर्नु पर्दछ । होइन भने कुन मन्त्रालयमा हामी नगरवासी जाने हो, त्यहाँ जान तयार छौं ।’ उपस्थित नगरवासी दिपेन्द्र महर्जनले बताए ।

त्यस्तै, उपस्थित अधिकास नगरवासीले अस्पताल, सहकारी लगायतको निगरानी नगरपालिकाले गर्नुपर्ने, फोहोर संकलन, भुस्याहा कुकुर ब्यवस्थापनमा नगरपालिकाले किन ध्यान नदिएको भन्दै प्रश्न गरेका थिए ।
यस्तै पूर्वाधार निर्मामा गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्मैत्री संरचनामा ध्यान दिनुपर्ने लगायत बिषयमा नगरपालिका केन्द्रित नभएको नगरवासीको आरोप थियो ।

नागरिकका प्रश्न सुनिसकेपछि अध्यक्षता गरेका नगरपालिका प्रमुख राजकुमार नकर्मीले नगरपालिकाको प्रथम बर्ष भएकोले आउँदा दिनमा नगरपालिकावासीको समस्या पहिचान गरी समस्याको हल गर्ने बताएका थिए । उनले भने, ‘हामीले आजै मात्र एक बर्ष पुरा गरेका छौं । हामी आउँने दिनमा नगरवासीको सुझाव अनुसार नै काम गर्नेछौं । साथै स्वास्थ्य, शिक्षा, रोजगार लगायतको समस्यालाइर्् पहिचान गरी दिर्घकालिन समस्याको समाधान गर्नेछौं, र त्यसको लागि नगरपालिकाका सबै सदस्यहरु लागि परेका छौं ।’ उनले भने ।

यो सँगै कीर्तिपुर नगरपालिकाका नगरप्रतिनिधीहरुको एक बर्ष पुरा भएको छ । सोही अवसर पारेर नगरपालिकाले नगरवासीहरु सँग सुनुवाही कार्यक्रम राखेको थियो ।