काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना जहाजको मर्मतमा धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन–डिस्ट्रक्टिभ टेस्ट (एनडीटी) प्रविधि लागू गरेको छ ।
जहाज, रेल, गह्रुँगा मेशिनरी र निर्माण उद्योगमा सुरक्षा र गुणस्तर सुनिश्चित गर्न एनडीटी प्रविधि लागू गरिन्छ । नियमित निरीक्षणले ठूलो दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरणलाई जोगाउँछ ।
बिहिबार विज्ञप्ति निकालेर अब निगमको मर्मत कार्यको दायरा फराकिलो भएको नेपाल वायु सेवा निगमले जनाएको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार यो प्रविधि लागू गरिएको पनि निगमले जनाएको छ ।