काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) सोरुमको शुभारम्भ गरेएका छन् । नेपालका लागि चीनका राजदूत चेन सङले एक समारोहका बीच उक्त सोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे । उनले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीको फाइदा धेरै नै रहेको जिकिर गरे ।
त्यस्तै सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रूपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताएका छन् । उनले भने,नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरू बिक्री वितरण गर्ने हाम्रो योजना छ।
ईभीले ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भका साथै काठमाडौँ पोखरा रुटको लागि ११ देखि १९ सिटर सम्मका माइक्रो बसहरू उपलब्ध हुनेछन् । उद्घाटन कार्यक्रममा राजदूत सङले पोखराका लागि पहिलो ईभी ट्याक्सीका साथै पहिलो विद्युतीय माइक्रो बस हस्तान्तरण गरेका हुन् ।