काठमाडौं । वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ । ६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।
खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ । खिम्ती १ जलविद्युत केन्द्रले आयोजना प्रभावित दोलखा र रामेछापका वासिन्दालाई विद्युतीकरण गर्नका लागि ६३५ किलोवाटको झाँक्रे जलविद्युत परियोजना निर्माण गरेको थियो ।