Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्दै नव नियुक्त मुख्यमन्त्री थापाले सपथ ग्रहण गर्ने


सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्दै नव नियुक्त मुख्यमन्त्री थापाले सपथ ग्रहण गर्ने

काठमाडौं,२२ असार । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन जना मन्त्री नियुक्त गरेर पदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिँदै छन् । कांग्रेसबाट प्रदिपकुमार सुनुवार, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी सपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमालविवाद चर्केको छ । जसले सपथ ग्रहणमा ढिलाइ भएको हो । माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगरे मुख्यमन्त्री थापाले एक्लै सपथ ग्रहण गर्ने तयारी भइरहेको उनी निकट प्रदेश सांसदले बताए । माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् ।

यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए । माओवादीमा आचार्यलाई मन्त्री बनाउन नहुनेको संख्या बढी भएकाले विवाद भएको एक प्रदेश सांसदले बताए । थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एकरएक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी सपथ ग्रहण गर्ने तयारी गरेका थिए तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि तीन जना मन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले संवैधानिक व्यवस्थाविपरित कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोध भइरहेका बीच सपथ ग्रहण गराउन लागिएको हो । संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् । तर गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई प्रदेससभा सदस्यको हैसियतमा हस्ताक्षर गराएर सरकार गठनका लागि बहुमत पुर्याउनु संवैधानिक व्यवस्था विपरित भएको भन्दै चोतर्फी आलोचना भइरहेको छ ।

एमाले संसदीय दलले संवैधानिक व्यवस्था विपरित प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेको बिरूद्ध सर्वोच्च अदालतमा रीट दायर गरेर कानूनी उपचार खोज्ने तयारी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा एकिकृत समाजवादीका ४, जनता समाजवादी पार्टीको एक र प्रदेशसभा सदस्यको हैसियतमा सभामुख बाबुराम गौतम गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।