काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ । समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सांसद मात्रै उपस्थित थिए ।
२६ जना सदस्य रहेको समितिमा गणपूरक सङ्ख्याका लागि चाहिने १४ जना सांसद नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो ।
लेखा समितिमा कांग्रेसका नौ जना, एमालेका सात जना, माओवादीका तीन जना, राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना, राप्रपाका दुई जना, नेकपा एकीकृत समाजवादीका एक जना र एक जना स्वतन्त्र सांसद छन् । सत्तारुढ कांग्रेस र एमालेका गरेर मात्रै १६ जना सांसद हुने भए पनि बैठकमा गणपुरक सङ्ख्या नपुगेको हो ।