Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रीयो ७ अर्ब, कर्जा लगानी ६ अर्बले वृद्धि


बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रीयो ७ अर्ब, कर्जा लगानी ६ अर्बले वृद्धि

बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर बैंक ब्याजदर फेरी बढ्न थालेको छ ।
गत हप्ता घटेर २ प्रतिशत हारहारीमा झरेको उक्त ब्याजदर यो हप्ता भने आक्रमक रुपमा बढेको हो ।

हाल बैन्किङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप भित्रीएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

सोमबार बैंकहरुबीच अन्तर सापटीको ब्याजदर ५.११ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अन्तर बैंक कारोबारको ब्याजदर ३।९५ प्रतिशत थियो । तर, एकै दिन त्यो ह्वात्तै बढेको हो ।

पछिल्लो समय कर्जाको माग न्युन हुदाँ अन्तर बैंक कारोबार पनि न्यून छ । त्यसले गर्दा यस्तो ब्याजदर घट्दै गएको थियो । केही समय अघि साढे ८ प्रतिशत रहेको यस्तो व्याजदर घटेर २ प्रतिशत हाराहारी आएको थियो । तर, अहिले भने यस्तो ब्याजदर बढेको हो । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन । त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ ।

वाणिज्य बैंकमा एकैदिन ७ अर्बले निक्षेप बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ । आइतबारसम्म भने वाणिज्य ४९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ । कुल कर्जा भने लगानी ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकको मात्रै कर्जा लगानी एकैदिन ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८४.०२ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका छन् ।