Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सयपत्री फूलको माला बिक्री सुरु


सयपत्री फूलको माला बिक्री सुरु

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ । तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य छ ।

विशेषगरी शनिबारदेखि लक्ष्मीपूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ । घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ–गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ ।

केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्ला वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ ।