Wednesday, September 10, 2025

२०८२ भाद्र २५, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री ओलीले भनेः मौसम खराब छ, सतर्कता अपनाउ


प्रधानमन्त्री ओलीले भनेः मौसम खराब छ, सतर्कता अपनाउ

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ।

मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका छन् ।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।