Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धुम्म आकाश:एक सातामा ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी २ सय २६ वटा आन्तरिक उडान रद्द


धुम्म आकाश:एक सातामा  ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी २ सय २६ वटा आन्तरिक उडान रद्द

काठमाडौं । धुम्म आकाशकै कारण पछिल्लो एक सातामा मात्रै ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी २ सय २६ वटा आन्तरिक उडान रद्द भएका छन् । त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, चैत १७ देखी २३ गतेसम्मै उडान रद्दका घटना दोहोरिरहेका छन् । मुख्य पर्यटकीय सिजनमै उडानहरु रद्द हुनुको सबैभन्दा धेरै मार भने हवाइ कम्पनीहरुले नै बेहोरिरहेका छन् । विदेशी यात्रुहरुबाट नेपालीले तिर्ने भन्दा कम्तीमा दोब्बर रुपैया ‘डलर–फेयर’बाट अम्दानी गर्थे । वायुसेवा संचालकहरुका अनुसार यतिबेला लगातार उडानहरु रद्द हुदा पर्यटकीय गन्तव्य अर्न्तगतका हिमाली तथा पहाडी जिल्लामा ९ लाख र तराईका विमानस्थलमा ११ लाख रुपैया बराबरको आम्दानी गुमाइरहेको वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्कीले बताए ।

प्रदुषणयुक्त तुँवालोका कारण पहिले पहाडी तथा हिमाली भेगका विमानस्थलमा मात्रै प्रभावित हुदा उडान रद्द हुन्थे । तर यसपटक सुगम भेगका विमानस्थलहरुमा पनि उडानहरु रद्द भइरहेका छन् । सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने दुरी (भिजिबिलिटी)५ हजार मिटर हुदाँ उपकरणहरुको भर नपर्दा पनि हुन्छ ।

वन–डेढेलो, धुलो, धुवाँसहितको प्रदुषणका कारण एक सातामा अधिकाशं पाइलटहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आखाँको सहायताले गर्ने भीएफआर उडान हुन सकिरहेका छैनन । ५ हजार मिटर भन्दा कम भिजिविलिमा उडान ठप्पै हुने त होइन । विमानस्थल वरिपरीको दृश्य सफा नहुदा पाइलटहरुले आँखाले हेरेर मात्रै उडान गर्न नसकेर जहाज र विमानस्थलको सतहमा भएका उपकरण, नेभिगेसन यन्त्रहरुको सहायतामा आईएफआर प्रणाली अपानाउदै उडानहरु गर्नुपरेको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

जहाजहरुको प्रकार तथा गतिका आधारमा उपकरणको सहायताबाट जहाजलाई अवतरण गराउन ककपिटबाट न्यूनतम १६ सय मिटर परसम्म देखिने भिजिविलिटी आवश्यक पर्छ । तर तीन दिनअघि काठमाडौं विमानस्थलको भिजिविलिटी १२ सय मिटरसम्ममा झर्‍यो । यस्का कारण पर्यटक राखेर उडिरहेका तीनवटा माउन्टेन फ्लाइट काठमाडौं विमानस्थलमा अवतरण हुन सकेनन । प्रवक्ता शेर्पाका अनुसार, ती विमान भैरहवा र पोखरामा अवतरण भए । पछी मौशममा सुधार आएपछी काठमाडौं फर्किए ।