काठमाडौं । प्रहरीले गएको चैत ४ गते काठमाडौको टोखा नगरपालिकाको झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ । त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल २५ करोडको मालिक भएको पुष्टि भएकाले उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।