काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रूपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन् । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्नुपर्ने बताए । स्थानीय उत्पादनको प्रवर्द्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले सुनाए ।
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह