Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मेटाले इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म सार्वजनिक गर्दै


मेटाले इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म सार्वजनिक गर्दै

एजेन्सी ।मेटाले यही साता इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म सार्वजनिक गर्ने भएको छ । पछिल्लो पटक ट्विटरका मालिक इलन मस्कले दैनिक पढ्न मिल्ने ट्विटमा समेत कोटा सिस्टमको घोषणा गरिदिएपछि यसले ट्विटरलाई ठूलो क्षति हुने अनुमान छ । यही मौकामा मेटाले थ्रेड्स नामक इन्स्टामा आधारित एप प्रयोगकर्तामाझ ल्याउने भएको हो ।

आफ्नो सञ्जालको डेटा दुरूपयोग भएको भन्दै इलनले तत्काल लागू हुने गरी भेरिफाइड प्रयोगकर्ताले ६ हजार, अन्य प्रयोगकर्ताले ६०० र नयाँ प्रयोगकर्ताले ३०० वटा मात्रै ट्विट पढ्न मिल्ने नयाँ व्यवस्था गरिएको शनिबार जानकारी दिएका थिए । उनको यो घोषणा पछिल्लो पटकको अपडेटमा १० हजार, १ हजार र ५०० मा पुगेको छ । धेरै विश्लेषकले यसलाई ट्विटरमा अपुरणीय क्षति पुर्‍याउने कदमको रूपमा व्याख्या गरेका छन् । धेरै प्रयोगकर्ताले ट्विटरको विकल्प खोज्न सुरू गरेको र मास्टडन, ब्लुस्काइजस्ता प्लाटफर्ममा भिडभाड बढेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ ।

केही समयअघि इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म निर्माण गर्ने घोषणा गरेको मेटाले यही मौकामा आफ्नो एप 'थ्रेड्स' बिहीबार सार्वजनिक गर्ने भएको छ । गुगल प्लेस्टोर र एप्पल एपस्टोर दुवैमा उपलब्ध हुने भनिएको उक्त टेक्स्ट सेयरिङ प्लाटफर्मका कैयौं फिचर ट्विटरसँग मिल्दाजुल्दा छन् ।

जुलाई १ मा केही समयका लागि खेलाडी, फिल्म निर्मातालगायत सीमित व्यक्तिलाई कम्पनीले सो एप प्रयोग गर्न दिएको थियो । उक्त माइक्रोब्लगिङ एप आफ्नो इन्स्टाग्राम प्रयोगकर्ताका डेटामा आधारित रहेर निर्माण गरिएको र त्यसमा ५०० अक्षरसम्मका पोस्ट, तस्बिर र भिडियो सेयर गर्न मिल्ने बताइएको छ ।