काठमाडौं । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आइतबार राति १२ बजेभन्दा अगाडी बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर, कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको आरोप लगाउँदै बजेट प्रस्तुत गर्ने बैठकमा सहभागी नहुने बताएपछि अहिलेसम्म पनि बैठक अनिश्चित भएको छ ।
दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरूबिच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । आगामी आर्थिक वर्षका लागि बजेट आउने भएपछि अर्थमन्त्री राजीवविक्रम शाहदेखि सबै मन्त्रीहरू प्रदेश सभामा दिउँसो तीन बजे नै पुगेका थिए ।