Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सहकारी संस्थाभित्रको आर्थिक तरलताको समस्या छिटोमा असार अन्तिम, ढिलोमा साउनको पहिलो हप्तामा समाधान हुन्छः पोखरेल[भिडिओ सहित]

सरकार सहकारीका पक्षमा गम्भीर अझै छैन्


सहकारी संस्थाभित्रको आर्थिक तरलताको समस्या छिटोमा असार अन्तिम, ढिलोमा साउनको पहिलो हप्तामा समाधान हुन्छः पोखरेल[भिडिओ सहित]

काठमाडौं,१४ असार । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीमा देखिएको तरलताको समाधान अब छिट्टै हुने बताएका छन् । पछिल्लो समय सहकारीमाथि देखिएको आर्थिक तरलताको विषयलाई लिएर राष्ट्रिय सहकारी महासंघले सरकार र आन्तरिक रुपमा पहल गरिरहेकाले असार मसान्त वा साउनको पहिलो साता सम्म अधिकांस सहकारीहरुको समस्या समाधान तर्फ जाने विश्वास दिलाए । उनले सहकारी महासंघले एउटा कार्यदल बनाएकाले समस्या समाधान हुने बताए । केहि सहकारीहरुका कारण अन्य ठूला सहकारीलाई पनि समस्या बढ्दै गएको भन्दै सहकारीकर्मीहरु आत्तिहाल्नु पर्ने अवस्था नभएको उनले बताए ।

उनले केहि समस्या संस्थामा रहेतापनि त्यसको समाधानका लागि काम तीव्र रुपमा अगी बढिरहेको बताए । उनले राष्ट्रिय सहकारी बैंकले केहि बदमासि गरिरहेका सहकारीमाथि कडा निगरानी बढाइरहेकाले अन्य सहकारीले त्यसलाई असहज नमान्न आग्रह समेत गरे । अहिले सरकार सहकारीका पक्षमा गम्भीर भएको भन्दै सरकारले अपनत्व लिन उनले आग्रह गरे । राज्यले सहकारीहरुमाथि भएको दिनप्रतिदिनको आक्रमण र बैंकहरुको बदमासि रोक्नुपर्ने बताउँदै उनले भने, ‘सरकारको उच्च तहमा थप बैंकहरु खोल्ने कुरा हुँदा सहकारीलाई बचाउने कुरा भएको छैन त्यो दुःखको विषय हो ।’

हिजो २०६२/०६३ को जनआन्दोलनमा सहकारीका माध्यमबाट खेलिएको भूमिका राज्यले भुल्न नहुने उनको तर्क थियो । विजनेस दर्शनसंगको कुराकानीमा राष्ट्रिय सहकारी बैंकका निर्वतमान अध्यक्ष समेत रहेका पोखरेलले अहिले राष्ट्रिय सहकारी बैंक पनि समस्यामा परेको बताएका छन् । उनले भने, ‘अहिले हामी सबै समस्यामा छौं, सबैभन्दा पहिला सहकारी बचाउँ, र त्यसको जिम्मेवारी सञ्चालक लगायत सबै सेयर सदस्यहरुको पनि हो ।’