Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले उधारो रकम उठाउने ऐन ल्याउला ? उद्योग परिसंघद्धारा अर्थमन्त्री डा.महतलाई सुझाव


सरकारले उधारो रकम उठाउने ऐन ल्याउला ? उद्योग परिसंघद्धारा अर्थमन्त्री डा.महतलाई सुझाव

काठमाडौं, १८ असार । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरी उधारो रकम उठाउने ऐन ल्याउन सुझाव दिएको छ । अर्थमन्त्रालयमा सोमबार भएको छलफलमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उधारो रकम उठाउने ऐन ल्याएपछि व्यवसायिक सहजता हुने बताए । 

धेरै व्यवसायीको उधारो रकम लामो समयसम्म नउठ्ने गरेको र उधारो रकम उठाउनका लागि कानुनी सहयोग नरहेको व्यवसायीको भनाइ छ । त्यस्तै परिसंघले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो ल्याउनुपर्नेमा जोड दिएको छ ।

‘अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न र ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन तथा खुकुलो मौद्रिक नीति जरुरत छ’ अग्रवालले भने । आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न परिसंघले सुझाव दिएको छ ।

हालै बजेटमा घोषणा गरिएको आयातित सामानमा लेबलिङ लगाउनुपर्ने व्यवस्था साउन १ देखि कार्यान्वयनमा जान लागेको सूचना भन्सार विभागले सार्वजनिक गरिसकेको छ । तर सो सूचना स्पष्ट नभएको र चोरी पैठारी गरेर आयात गरिएका सामग्रीमा समेत लेबलिङ लगाएर बेच्न सक्ने भएकाले भन्सार विन्दुमै रोकिनुपर्नेमा परिसंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । सो अवसरमा अर्थमन्त्री महतले परिसंघले उठाएका विषयहरुलाई गम्भितापूर्वक लिएको बताए ।