काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका छन् । शुक्रबार गभर्नर भएपछिको पहिलो मौद्रिक नीति जारी गर्दै उनी सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८२—८३ को लागि मौद्रिक नीतिमा विगतका कडाइ हुँदै आएको घरजग्गा कारोबार र सेयर कारोबारलाई सहजीकरण गर्ने नीति लिएका छन् । उनले आगामी मौद्रिक नीतिमा व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका छन् ।
विगतमा व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड मात्रै थियो । उक्त सीमालाई १० करोडले बढाएर २५ करोड बनाएका छन् । गभर्नर डा। पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको बताए ।
उनले यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ । सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए । उनीहरूको माग पनि सम्बोधन भएको छ । त्यस्तै, तीन करोड रुपैयाँसम्म घर कर्जा पाइने, मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरेका छन् ।