काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते संशोधित बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विविध कारणवश बजेट प्रस्तुत गर्न ढिलाइ भएको स्वीकार्दै भदौ ३१ गते सदनमा बजेट सार्वजनिक गर्ने बताए । उनले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको उल्लेख गरे । मुख्यमन्त्रीले बजेटको आकारमा केही तलमाथि हुन सक्ने बताए। यसअघि, असार १ गते तत्कालीन सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गर्दै