Monday, September 08, 2025

२०८२ भाद्र २३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित


सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटीका भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार यहाँ सम्पन्न सेजनको २७ औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरे ।

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनलाइनखबरका अच्युत पुरीले १०४ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा उकालोका केशु लामिछाने १३३ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका ममता थापाले १०८ मत प्राप्त गरिन् । समितिको सचिवमा हिमालयन टेलिभिजनका शंकर पण्डित निर्विरोध निर्वाचित भए ।

समिति सदस्यमा सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मत, अर्जुन तामाङ (टुरिजम पाटी) १४१, कमल धिताल (बाह्रखरी)१८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७, राजु बास्कोटा (क्लिकमाण्डु) १५९ मतसहित निर्वाचित भए ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरेका हुन् । उनले नवनिर्वाचत कार्यसमितिले आर्थिक क्षेत्रका मुद्दामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्नु पर्नेमा जोड दिए । निर्वाचन समितिमा अधिवक्ता सन्तोष तिवारी, रामप्रसाद दाहालसहित तीन सदस्य रहेको थियो । सेजनमा २६६ जना पत्रकार आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए ।