काठमाडौं । कामना सेवा विकास बैंकले प्रेस विज्ञप्ति मार्फत् बोनस शेयर सूचीकृत गरेको बैंकको केन्द्रिय कार्यालयले जनाएको छ ।
गत बैशाख ३१ गतेका दिन सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरे बमोजिम उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (ल्भ्एक्भ्) मा असार ६ गते बुधबार सूचीकृत भएको बैंकले जनाएको हो ।
बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटीएम मार्फत् ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको उल्लेख गरिएको छ ।