Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नयाँ दिल्ली पुगे प्रधानमन्त्री दाहाल, राज्यमन्त्रीले गरिन स्वागत


नयाँ दिल्ली पुगे प्रधानमन्त्री दाहाल, राज्यमन्त्रीले गरिन स्वागत

नयाँ दिल्ली । बुधबार भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली अवतरण गरेका छन् । प्रधानमन्त्री दाहालको भ्रमण टोली चार दिने भारत भ्रमणका लागि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।

 प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले पनि औपचारिक जानकारी दिएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १स्२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत गएका हुन् ।