Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिंहदरबारस्थित तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु


सिंहदरबारस्थित तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार  भएको छलफलमा प्रधानमन्त्री एवं मा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

सभामुख सचिवालयका अनुसार उनीहरुबीच संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । बैठकमा कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी छन्। वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो ।

समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् । प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन्।