काठमाडौं । पाँच दिने चीनको भ्रमण सकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले चीन भ्रमण फलदायी भएको बताएका छन् । भ्रमणका क्रममा आफू र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको उनले बताएका छन् ।
उनले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताए । उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताए ।चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो, उनले भने, नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास, व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा छलफलहरु सकारात्मक भएका छन् ।
चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताएका छन् । उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने बताए । बीआरआईको सन्दर्भमा पनि नेपाल सरकारले २०७० मा सम्झौता गर्यो । त्यसको कार्यान्वयनका लागि दुई पक्षबीचमा छलफल भइरहेको छ ।
यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौं । बीआरआईबाट कस्तो खालको लाभ लिनसक्ने गरी तयारी गर्नु भएको त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौं । उनले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौं रूटमा हवाई छ भनेर सोध्नु भएको थियो । उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरू गर्न आग्रह गरेको पनि बताएका छन् ।
सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ । छेन्दु पोखरा–भैरहवा कमर्सियल उडानको निम्ति अगाडि बढ्न अनुरोध गर्यौं । त्यसमा पोखरामा बढी सोचेको प्रतिक्रिया दिएका छन् ।