काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका प्रतिनिधिसँगको भेटमा उनले आफूले जलविद्युत चाहिँदैन भनेको नभई भविष्यको चुनौतीबारे चिन्ता व्यक्त गरेको बताएका हुन् ।
सोमबार भएको भेटमा शाक्यले आगामी दिनमा सोलार ऊर्जा निरन्तर सस्तो हुँदै जाने र ब्याट्री स्टोरेज प्रविधिको विकासले गर्दा १० वर्षपछि जलविद्युतभन्दा सोलार ऊर्जा सस्तो पर्न सक्ने अवस्था आउन सक्ने उल्लेख गरेको बताए ।
यद्यपि, मूल्यमा सोलार सस्तो भए पनि राष्ट्रिय अर्थतन्त्रमा जलविद्युतकै योगदान बढी हुने कुरामा आफू स्पष्ट रहेको उनले बताए। उनले आजको दिनमा जलविद्युत नै सान्दर्भिक रहेको बताए।