Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१ सय २० वटा औद्योगिक ग्राम घोषणा,कुन पालिकाले कति पैसा लिए ?(लिष्ट सहित)


१ सय २० वटा औद्योगिक ग्राम घोषणा,कुन पालिकाले कति पैसा लिए ?(लिष्ट सहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६—७७ देखि एक स्थानीय तहःएक औद्योगिक ग्राम नीतिअनुसार १ सय २० वटा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यसरी घोषित औद्योगिक ग्रामलाई हालसम्म १ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पठाइसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम लिनेमा गुल्मीको मदाने र अछामको मेल्लेख गाउँपालिका रहेका छन् । 

यी दुई गाउँपालिकाले ३—३ करोड रुपैयाँ लिएको उद्योग मन्त्रालयको तथ्यांक छ । मन्‍त्रालयका अनुसार गुल्मीको मदाने, अछामको मेल्लेख गाउँपालिका, तनहुँको आँबुखैरेनी र स्याङ्जाको अर्जुनचौपारीमा औद्योगिक ग्राम निर्माण गरी सञ्‍चालनमा आइसकेको छ ।

तनहुँको आँबुखैरेनीले १ करोड ९२ लाख रुपैयाँ र स्याङ्जाको अर्जुनचौपारीले २ करोड २२ लाख रुपैयाँ लिएको छ । अमरगढी नगरपालिकाले २ करोड ७२ लाख, राइनश नगरपालिकाले २ करोड ४२ लाख, वालिङ नगरपालिकाले २ करोड ३४ लाख रुपैयाँ लिएका छन् । ५७ वटा पालिकाले प्रतिपालिका ९२ लाख रुपैयाँ लिएको मन्त्रालयको तथ्यांक छ ।