काठमाडौं,२० असार । राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने भएको छ । विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने छ । आज पाँच मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने छ । दिउँसो साढे २ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले आआफ्नो भनाइल राख्ने छन् ।
राष्ट्रिय सभामा पाँच मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुदैँ [सूची सहित]