काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको छ । शुक्रबार बिहान अर्थमन्त्रालयमा एक समारोहकाबीच पूर्वसचिव रामेश्वर खनालको संयजकत्वमा गठित समितले उक्त प्रतिवेदन बुझाएको हो ।
६ महिना लगाएर तयार पारिएको आर्थिक गतिविधि सुधारका विषयलाई समेटेर अर्थमन्त्रीलाई प्रतिवेदन बुझाइएको आयोगका अध्यक्ष पूर्वसचिव खनालले बताए ।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले प्रतिवेदनलाई गम्भीरता पूर्वक ग्रहण गर्ने बताए । हामी बजेटको पूर्वसन्ध्यामा छौं । यस प्रतिवेदनले पक्कै बजेट निर्माणमा समेत सहयोग पुग्नेछु उनले भने, आयोगले सुझाएका सुधार्नुपर्ने आर्थिक विषयलाई कार्यान्वनय गर्छौं । यसअघि आयोगले गत पुस २४ गते तत्काल गर्नुपर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन बुझाएको थियो ।