Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मेयर वालेनदेखि काठमाडौं महानगरपालिकाका सबै कर्मचारीले तलब पाए


मेयर वालेनदेखि काठमाडौं महानगरपालिकाका सबै कर्मचारीले तलब पाए

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ ।

महानगरको कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखिछ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी   दिए । महानगरले एक अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले बताए ।

महागरको २९ सय व्यक्तिलाई एक अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । काठमाण्डौ टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई तीन महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो ।

मेयर बालेनले पटक–पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन । संघीय सरकारले गुरागाईंलाईनै काम गर्न दिनु भन्दै बालेनलाई भनेको थियो । यता कर्मचारी र जनप्रतिनिधिले भने गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबर जस्ती कार्यालय प्रवेश गरेका थिए ।

कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रवार खर्च निकासा गरेका थिए । अस्ति शनिवार र हिजो आइतवार सार्वजनिक बिदा भएकाले गर्दा कर्मचारीहरूको खातामा आज मात्र तलब गएको हो ।