इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आजदेखि आजदेखि शुरु हुँदैछ । इंग्लिस प्रिमियर लिगको आज राति हुने पहिलो खेलमा गत संस्करणको लिभरपुल र बोर्नेमाउथबीच खेल हुनेछ । यो खेल नेपाली समयअनुसार पौने १ बजेदेखि शुरु हुनेछ ।
एनफिल्डमा हुने खेलसँगै लिभरपुलले डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षाको अभियान शुरु गर्नेछ । पछिल्लो ६ वर्षमा लिभरपुल तेस्रोपल्ट लिग उपाधि जित्ने प्रयासमा हुनेछ ।
गएको सिजन नवौं स्थानमा रहेको बर्नमाउथको प्रदर्शनमा पनि सुधारको अपेक्षा गरिएको छ । सन्डरल्यान्ड सन् २०१६–१७ यता पहिलो पटक प्रिमियर लिगमा खेल्दै छ ।
त्यस्तै ला लिगाको पहिलो खेलमा आज बेलुकी गिरोना र रायो भालेकानोबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति पौने ११ बजे शुरु हुनेछ ।
ला लिगाको गत सिजनको उपाधि बार्सिलोनाले जितेको थियो । बार्सिलोनाले भोलि राति मालोर्कासँग खेलेर नयाँ सिजनको सुरुवात गर्नेछ ।