Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय सभामा प्रतिपक्ष दल एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


राष्ट्रिय सभामा प्रतिपक्ष दल एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं,२० असार । प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेले राष्ट्रिय सभा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाए ।

उनले उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ कसको इशारामा नियुक्ती हुन्छ प्रधानमन्त्रीलाई सार्वभौम संसदले बनाउँछ कि भारतले बनाउँछ दिल्लीको इशारामा बन्छ हाम्रव पार्टीले यसलाई गम्भीरमा रुपमा लिएको छ । भारतको इशारामा बन्ने प्रधानमन्त्री स्वीकार्य छैन दिल्लीको इशारामा प्रधानमन्त्री बन्नु भएको हो भने स्वीकार्य छैन ।