Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता


एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावर कम्पनी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । मन्दाकिनीद्वारा प्रवर्द्धित कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित २.९ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न दुई पक्षबिच सोमबार समझदारी भएको हो । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ ।

उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहनेछ । त्यसमध्ये बैंकले ४६ करोड ३३ लाख २५ हजार लगानी गर्नेछ । सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मन्दाकिनीका प्रमुख कार्यकारी अधिकृत शरद कुमार दाहालले सम्झौतापत्र आदानप्रदान गरे ।

कार्यक्रममा सीईओ घिमिरेले आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका थिए । मन्दाकिनीले यसअघि ४ मेगावाट क्षमताको आयोजना विकास गरिसकेको छ । २०७४ साल मङ्सिर २३ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ ।