Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिर्सिया सुक्खा बन्दरगाहः सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई


सिर्सिया सुक्खा बन्दरगाहः सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

काठमाडौं । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (इन्ल्यान्ड कन्टेनर डिपो) को आगामी ५ वर्षका लागि व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ । प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि ४ अर्ब ७१ करोड रुपैयाँ लागतमा बन्दरगाह सञ्चालनका लागि छनोट भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक मूल्यांकनमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कोंकर) र प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि मात्र छानिएका थिए । गत मंगलबार टेन्डर खोल्दा कोंकरले प्रिस्टिनभन्दा करिब २० करोड रुपैयाँ कम अर्थात् ४ अर्ब ५० करोड ९० लाख रकमको बोलकबोल गरेको थियो ।

सम्झौता सकिएपछि प्रिस्टिनले आउँदो साउनदेखि पाँच वर्षका लागि बन्दरगाह व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ । हाल पनि सोही कम्पनीले नेपाली कम्पनी भ्यालीसँग ज्वाइन्ट भेन्चरमा ३ अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालन गरिरहेको छ । दोस्रो कार्यकालका लागि प्रिस्टिन एक्लैले प्रतिस्पर्धा गरेको हो ।