Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालगन्ज उपमहानगरपालिकाको बजेटः १ अर्ब ६७ करोड ५६ लाख


नेपालगन्ज उपमहानगरपालिकाको बजेटः १ अर्ब ६७ करोड ५६ लाख

बाँके, ९ असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ५६ लाखको बजेट ल्याएको छ । उपमहानगरले शनिबार आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५८७ रुपैयाँको आयव्ययको अनुमानित विवरणसहितको बजेट प्रस्तुत गरेको हो । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ करोड रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

बजेट प्रस्तुत गर्दै राईले समग्र नगर विकासका लागि वडा कार्यालयहरुसँगको सहकार्यलाई आत्मसाथ गर्दै चालु आर्थिक वर्षजस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गरे । नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजस्वरअनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ ।

कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।