काठमाडौं । अबदेखी ‘ब्लयाक लिष्ट’मा परेको मदिरा र सुर्तिजन्य पदार्थको अन्तःशुल्क बढ्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले चुरोट, बिँडी, वाईन, बियर, ह्विस्कीलगायतको कर बढाउने निर्णय गरेको हो ।
सरकारले बजेट लेखनको सम्पूर्ण गतिविधि सक्याएर आज त्यसलाई अन्तिम रुप दिन बजेट प्रस्तुत गर्न लागिरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत रातभरी मन्त्रालयमै बसेर बजेटलाई अन्तिम रुप दिएका थिए ।
आज अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने भएको छ । बजेटमार्फत् बढाइने भन्सार तथा अन्तःशुल्कका दरहरु बजेटलगत्तै लागू हुने छ । आयकर भने साउन १ गतेदेखि लागू हुने नियम बनाएको छ ।