Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरामा आज मुख्यमन्त्रीहरूको भेलाःप्रधानमन्त्री दाहालले उद्घाटन गर्ने


पोखरामा आज मुख्यमन्त्रीहरूको भेलाःप्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

काठमाडौं। गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ। भेलाको उद्घाटन प्रधानमन्त्री दहालले गर्ने कार्यक्रम रहेको छ। मुख्य मन्त्रीहरू बीच छलफल एवं अन्तरक्रिया हुनेछ । भेलामा अन्तरप्रदेश बीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकार लगायत विषयमा छलफल हुने बताएको छ।

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भएपनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । भेला दोस्रोपटक गर्न लागिएको हो। पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पहलमा भेला भई आठ बुँदे घोषणा पत्र समेत जारी गरिएको थियो।