Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मेटाको थ्रेड्स एप विरुद्ध मुद्दा ट्विटरको चेतावनी


मेटाको थ्रेड्स एप विरुद्ध मुद्दा ट्विटरको चेतावनी

काठमाडौं , २२ असार । ट्विटरले मेटाको नयाँ एप थ्रेड्स विरुद्ध मुद्दा गर्ने चेतावनी दिएको छ। आफ्नो ट्रेड सिक्रेट प्रयोग गर्दै थ्रेड्स बनाएको आरोपमा ट्विटरले मेटामाथि मुद्दा हाल्ने चेतावनी दिएको हो। बुधबार मात्रै सार्वजनिक मेटाको नयाँ एप थ्रेड्समा छोटो समयमै लाखौं मानिस जोडिसकेका छन्। यसलाई मेटाले ट्विटरको मैत्रीपूर्ण’ विकल्पको रूपमा सार्वजनिक गरेको बताए। यद्यपि ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले मेटाले गर्न चाहेको प्रतिस्पर्धा ठीक भएपनि चोरी गर्नु ठीक नहुने बताए।

उनले थ्रेड्सको विकास गर्न ट्विटरका पूर्व,कर्मचारीले मद्दत गरेको र त्यसक्रम ट्विटरको ट्रेड सिक्रेट प्रयोग गरिएको आरोप मेटालाई लगाएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी बिबिसीका अनुसार ट्विटरका अधिवक्ता एलेक्स स्पिरोले मेटाका सिइ‌ओ मार्क जुकरबर्गलाई बुधबार एउटा पत्र पठाएका थिए। उक्त पत्रमा मेटाले थ्रेड्सको विकास गर्न ट्विटरको गोप्य र अन्य बौद्धिक सम्पत्तिको गैरकानुनी दुरुपयोग गरी चोरेको आरोप लगाएका छन्।

मेटाले ट्विटरका दर्जनौं पूर्व कर्मचारीहरूलाई काममा राखेको छ। ट्विटरको तर्फबाट मेटालाई पठाइएको पत्रअनुसार ट्विटरका ती पूर्व(कर्मचारीहरूलाई ट्विटरको ट्रेड सिक्रेट र अन्य गोप्य जानकारीहरूबारे पहुँच थियो। र, तिनै जानकारी र ट्रेड सिक्रेटको आधारमा मेटाले ट्विटरको जस्तै एप ‘थ्रेड्स’ विकास गर्‍यो।

ट्विटर आफ्नो बौद्धिक सम्पत्ति अधिकारलाई कडाइका साथ लागू गर्न चाहन्छ। त्यसैले ट्विटरको ट्रेड सिक्रेट र अन्य गोप्य जानकारी प्रयोग गरिरहेको मेटालाई ती जानकारीको प्रयोग नगर्न तत्काल माग गर्छ, पत्रमा लेखिएको छ। बिबिसीका अनुसार मेटा प्रवक्ता एन्डी स्टोनले भने थ्रेड्सको इन्जिनियरिङ टोलीमा पूर्व,ट्विटर कर्मचारी नभएको बताए। मेटाका अनुसार एक सयवटा देशमा एकैपटक सार्वजनिक गरिएको थ्रेड्समा हालसम्म ३ करोड बढी प्रयोगकर्ताले आफ्नो खाता खोलिसकेका छन्। प्रयोगकर्ताहरूले थ्रेड्स र ट्विटरमा समानता पाएको भन्दै प्रतिक्रिया समेत जनाइरहेका छन्।