काठमाडौं । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सहकारीबाट ठगिएका पीडितहरूले सहकारीमा राखेको बचत सरकारले फिर्ता गर्नपर्ने माग गर्दै आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताएका छन् ।
बचत फिर्ताको माग गर्दै सहकारीपीडित