काठमाडौं, १७ असार । अब ४० सिटभन्दा बढीका सार्वजनिक यातायात पनि दर्ता हुने भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली–२०५४ मा संशोधन गर्दै अब ४५ सिटसम्मका बस पनि सार्वजनिक सवारीका रुपमा दर्ता हुने नियम बनाएको बनाएको हो ।
गत १२ असारमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयको प्रस्तावमा नियमावलीमा संशोधन गरेको हो । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सार्वजनिक यातायात सेवामा ठूला बसहरुलाई प्रवर्द्धन गर्न यस अघिको ४० सिटको सीमालाई हटाएर ४५ सिट कायम गरिएको बताए ।
नियमावलीमा इमर्जेन्सी निकासबारे पनि थप व्यवस्था गरिएके छ। यसअघि सार्वजनिक बसमा राखे गरिएका इमरजेन्सी एक्जिटहरु व्यवहारिक नभएकाले बसको पछाडिको भागमा राखे सिसाको झ्यालहित बसको माथि राखिने भेन्टहरुलाई पनि इमर्जेन्सी निकासमा रुपमा नियमावलीमा सम्बोधन गरिएको छ। त्यसैगरी शहरभित्र चल्ने मिनी र माइक्रोबसहरुमा पनि इमरजेन्सी निकासको व्यवस्था हुनुपर्ने नियम नियमावलीले गरेको छ । यसले दुर्घटना हुँदा बसभित्रै च्यापिएर ज्यान गुमाउनु पर्ने अवस्था कम गर्ने दाबी सरकारको छ ।