Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैदेशिक रोजगार विभागको महानिर्देशकमा जीवलाल भुसाल


वैदेशिक रोजगार विभागको महानिर्देशकमा जीवलाल भुसाल

काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा जीवलाल भुसाललाई जिम्मेवारी दिइएको छ । भुसाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको चैत २१ गते मन्त्रीस्तरीय निर्णय गर्दै भुसाललाई नयाँ जिम्मेवारी दिइएको हो । तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई श्रम मन्त्रालयमा फिर्ता बोलाइएको छ । उनी सेवानिवृत्त हुँदैछन् ।

मन्त्रालयले विभागको उपसचिव, शाखा अधिकृतदेखि कप्युटर अपरेटरसम्म हेरफेर गरेको छ । वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवार रहेको विभागको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सरोकार पक्षहरुले विभागको आलोचना गर्दै आएका छन् । भुसालले चैत २६ गतेदेखि विभागको कार्यभारको जिम्मेवारी लिने श्रम मन्त्रालयले जनाएको छ ।