काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनालाई म्याद थपका लागि अदालत लगिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई म्याद थपका लागि अदालत लगिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न भएका चारै जनालाई (सिआईबीले) मंगलबार पक्राउ गरेको हो । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख सहसचिव भुपेन्द्रमणि केसी, कलाधर देउजा र सुरेन्द्रमान कपालीलाई पनि मंगलबारै (सिआईबीले) पक्राउ गरे पनि सर्वोच्च अदालतको २०७९ साउनकै अन्तरिम आदेशका कारण यी तीनजना भने रिहा भएका छन्।