Thursday, September 04, 2025

२०८२ भाद्र १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति, विभागद्धारा ‘नेफिल्स’ प्रणाली सुरु


खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति, विभागद्धारा  ‘नेफिल्स’ प्रणाली सुरु

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने विभागको रणनीतिअन्तर्गत विभागले आफ्नो वेभसाइटमार्फत यो सेवा उपलब्ध गराइएको हो।

मंगलबार आयोजित उद्घाटन कार्यक्रममा विभागमा महानिर्देशक सञ्जीव कुमार कर्माचार्यले प्रणालीको उद्घाटन गर्दै त्यसको महत्वबारे प्रकाश पारे । कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगी तथा विभिन्न छाता संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई नेफिल्स प्रणालीबाट सेवा कसरी लिने भन्नेबारे डेमोन्स्ट्रेसन र भिडियोमार्फत जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले यस प्रणालीबाट छिटो, छरितो र पारदर्शी सेवा प्राप्त हुनुपर्नेमा जोड दिए । यद्यपि, उनीहरूले प्रणालीको सफलता विभागका कर्मचारीहरूको तत्परता र सहयोगमा निर्भर रहनेमा जोड दिएका छन्।